९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हुम्लामा सिजनल फ्लुका कारण पाँच जनाको मृत्यु



सुर्खेत ।
मासिधारा गाउँमा सिजनल फ्लुका कारण पाँच जनाको ज्यान गएको छ । गत २६ पुसदेखि १० माघसम्म रुघाखोकी र ज्वरोका कारण मासिधारामा पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ का ४५ वर्षीय मदन शाह, ५० वर्षीय जनुकला शाही, ६५ वर्षका दतिराम सार्की, ६० वर्षकी गोरी सार्की र ६० वर्षकी प्याउरी शाही रहेका छन् ।


चंखेली गाउँपालिका स्वास्थ्य शाखाका संयोजक कालीबहादुर बुढाले गाउँमा रुघाखोकीका बिरामी बढेको बताए । ‘अहिले सिजनल फ्लुका बिरामी निकै आउने गरेका छन,’ उनले भने, ‘बृद्धबृद्धाहरुलाई यसले निकै असर गरेको छ ।’
ज्वरो र रुघाखोकीका बिरामीले गाउँ भरिएको चंखेली गाउँपालिका–६ मासिधाराका नरबहादुर शाहीले बताए । ‘मासिधारा गाउँमा रुघाखोकी र ज्वरोका बिरामी नभएको घर छैन,’ उनले भने, ‘यहाँ गाउँका चिसोका कारणले ५ जनाको मृत्यु भइसकेको छ ।’

प्रकाशित मिति : ११ माघ २०७६ शनिबार ००:००  २ : १५ बजे