चितवन ।
उपराष्ट्रपति नन्दबहादुर पुन चितवनमा हुने कोटिहोम महायज्ञमा सहभागी नभई फर्केका छन्। नारायणगढमा शनिबार महायज्ञ उद्घाटन गर्न शुक्रबार नै उपराष्ट्रपति पुन चितवन पुगेका थिए। उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरेको तर कार्यक्रम नै विवादित हुने देखिएपछि सहभागी नभएको बताए।
स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कंन लागेको उनले बताए। कोटिहोमका संयोजक एवं प्रमुख बाचक बालयोश्वर महाराज बताउने बिजय भण्डारी ‘ठग’ भएको समाचार आएको थियो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा पुनलाई निम्ताइएको थियो। शनिबारदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा महायज्ञ चल्नेछ।
प्रतिक्रिया