९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विष्णु पौडेललाई मुख्यमन्त्री पोख्रेलको सुझावः ‘राजधानीका लागि पत्रकारलाई फोन गरेर समाचार लेख्न नलगाउनुस्’



बुटवल ।
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा महासचिव बिष्णु पौडेललाई प्रदेशको राजधानी का लागि पत्रकारलाई फोन गरेर लविङ नगर्न आग्रह गरेका छन् । प्रेस संगठन नेपाल प्रदेश नं ५ को प्रथम भेलालाई सम्बोधन गर्दै उनले राजधानी बनाउन पत्रकारलाई फोन गरेर समाचार लेख्न नलगाउन आग्रह गरे ।


उनले भने , ‘म पनि कसैलाई केही भन्दिन, ‘तपाइँ पनि पत्रकारलाई फोन गर्न बन्द गर्नुस् ।’ उनले निर्वाचनको समयमा गरेको बाचा आफूले पनि नभुल्ने भन्दै बिष्णु पौडेललाई पनि नभुल्न आग्रह गरे । उनले लुम्बिनी भेरी राप्ती सम्झने तर प्रदेश नम्बर ५ बिर्सेर प्रदेशको समृद्धी नहुने भन्दै साझा मनोविज्ञान तयार गर्न सुझाव दिए ।


उनले प्रदेशको नाम र राजधानीमा आफ्नो व्यक्तिगत स्वार्थ नभएको भन्दै जनता र प्रदेश सांसदको क्यान्डेटमा साझा निर्णय गर्ने बताए । त्यस्तै उनले पत्रकारले पनि विभाजित नहुनेगरी समाचार लेख्न आग्रह गरे ।

उनले सरकारले गरेका कामहरू ओझेलमा देख्ने पत्ररकाहरू केन्दीय मिडियामा गोटी बनिरहेको बताए । ‘केन्द्रको टेवलमा बसेर समाचार खोज्न लगाउने, अनि तपाइँले लेख्ने, भन्ने बेलामा स्वतन्त्र भने पनि नचाहिदो ढंगबाट गोटी बनिरहनुभएको छ ।’ उनले भने ।

प्रकाशित मिति : ११ माघ २०७६ शनिबार ००:००  १ : १३ बजे