९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बालुवाटारमा शीर्ष नेताहरुको छलफल, उपसभामुखको विषय टुङगाउने सम्भावना



काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली‚ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल चलिरहेको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न शीर्ष नेताहरु छलफलमा जुटेको बताइएको छ ।

लामो कसरतपछि नेकपाले सभामुखको उम्मेदवार चयन गरेको छ । कांग्रेसले अहिले उपसभामुखको दाबी गरिरहेको छ । आइतबारबाट प्रतिनिधिसभा सभामुखको निर्वाचन हुँदैछ । त्यसैले शनिबारको शिर्ष नेताहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उपसभामुखमा कांग्रेसले आफ्नो दाबी गरिहे पनि राष्ट्रियसभाको निर्वाचनमा राजपासँग सहकार्य गरेको नेकपाले उपसभामुख राष्ट्रिय जनता पार्टीलाई दिने सम्भावना पनि उत्तिकै बलियो छ । त्यसैले शीर्ष नेताहरुको बैठकमा उपसभामुखको विषयमा पनि छलफल हुने स्रोतको दाबी छ ।

यता, गत शनिवार भएको शीर्ष नेताहरुको छलफलले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम टुंगोमा र्पुयाएका थिए। शनिबारको भेटमा आयोगलाई अगाडि बढाउने, पदाधिकारी बाँडफाडको विषय, उपसभामुख लगायतको बिषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६ शनिबार ००:००  १२ : ४२ बजे