९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

टर्कीमा शक्तिशाली भूकम्प, कम्तिमा १४ जनाको मृत्यु



एजेन्सी । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । टर्कीको पूर्वी क्षेत्र केन्द्रविन्दु भएर ६. ८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन्।

एलाजिग् प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएको भूकम्पका कारण भवनहरु भत्किएका छन् । भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानसम्म महसुस भएको थियो ।

टर्कीमा बेलाबेलामा भूकम्प गइरहन्छ । सन् १९९९ मा गएको शक्तिशाली भूकम्पका कारण १७ हजार मानिसको ज्यान गएको थियो ।

स्थानीय समय अनुसार शुक्रबार राति ८ बजेर ५५ मिनेट जाँदा (नेपाली समय अनुसार राति ११ बजेर ४० मिनेट) भूकम्प गएको हो ।

अहिले उद्धार तथा राहतको काम भइरहेको विपद तथा आपतकालीन अवस्था व्यवस्थापन एजेन्सीले जनाएको छ । प्रभावित क्षेत्रमा ४०० भन्दा बढी उद्धार टोली खटिएका छन् ।

भूकम्पका कारण प्रभावित भएको क्षेत्र राजधानी अंकाराबाट ५५० किलोमिटर पूर्वमा पर्छ।

प्रकाशित मिति : ११ माघ २०७६ शनिबार ००:००  ९ : ०० बजे