मणि गैरे, मायादेवी अनलाइन ।
बुद्धभूमी नगरपालिकाको वडा नं १ बसन्तपुरमा दोस्रो नगर स्तरीय माघी महोत्सव सुरुभएको छ । ‘थारु संस्कृतीके संरक्षण, सम्बर्धन वो प्रर्बद्धनके खातीर हम्मन अभियान, भुमी पुत्र थारु ह्मरे बचाइ अपन ेपहिचान ’ भन्ने मूलनाराका साथ दुई दिने खिचडी महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटनमा थारु जातीको कला तथा संस्कृती झल्कने विभिन्न नृत्य, मयुर नाच , ,देवी देवता नाच, झुम्रा नाच तथा गीत प्रस्तुत गरिएको थियो । महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कपिलवस्तुकी उप प्रमुख तारावती चौधरीले खिचडी महोत्सवले सकरात्मक संदेश दिएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन । साथै थारु सभ्यता तथा सस्कृतीमा विकृती आउन लागेको हुदा यसको सरक्षणमा स्थानीय समुदाय नै सक्रिय रुपमा लाग्नु पर्ने उनले बताइन् ।
त्यस्तै बुद्धभूमी नगर उप प्रमुख मिरा थारुले थारु सभ्यता र पहिचान र सरक्षणको लागी नगरपालिकाले प्रत्य वडा तथा नगरमा सास्कृतिक प्रर्वधनका कार्यक्रमहरुमा जोड दिएको बताइन् । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले थारु जातीको कला संस्कृती संरक्षणमा जोड दिएका थिए । समुदायका युवा पुस्ता आफ्नो संस्कृतीको संरक्षणमा जुट्टनुपर्ने स्थानीय सरोकारवालाहरुको भनाइ छ ।
नगरकार्यपालिका सदस्य कमला चौधरीको संयोजन तथा अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याण सभाका केन्द्रिय सदस्य शान्ती थारु , वडा अध्यक्ष तेज बहादुर वस्नेत, पवन कुमार थारु, गोविन्द आर्चाय , नेकपाका नेता पिताम्मवर खनाल, नेपाली काग्रेसका विष्णुराज टण्डन, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष उमाशंकर थारु लगायतले माघी महोत्सवको शुभकामना दिएका थिए । राजेश थारुको संचालन र स्वागतमा भएको थियो । शनिवार सम्म चल्ले महोत्सवमा विभिन्न नाच तथा प्रतियोगिता रहने स्थानीय विद्यालयका शिक्षक मगल प्रसाद थारुले जानकारी दिए ।
प्रतिक्रिया