मायादेवी अनलाइन, कपिलवस्तु ।
नेकपाकी नेतृ विमला घिमिरे राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा निर्वाचित भएको खुसीमा आज विजयी उत्सव मनाइएको छ । घिमिरेको सम्मानमा नेकपा कपिलवस्तुले र्याली निकालको हो । घिमिरे दाङबाट कपिलवस्तु फर्कने क्रममा नेकपाले चन्द्रौटा, इमिलिया, गोरसिंगे, बनगाई, बोडगाउँ र चार नम्बरमा र्याली निकालेको थियो । बाजागाजासहितको र्यालीमा घिमिरेसहित जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । विहिबार प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उहाँ शुक्रबार बाजागाजा सहितको र्यालीमा सहभागी हुनुभएको थियो । राष्ट्रियसभा सदस्य घिमिरेले आफूलाई जिताउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यबाद दिनुभयो । यो जित प्रदेश र सिंगो महिला दिदीबहिनीको जित भएको भएकाले आगामी दिनमा आफूलाई थप जिम्मेवारी महसुस भएको र्यालीपछि घिमिरेले मायादेवी अनलाइनलाई बताउनु भयो । अब केन्द्रबाट नै सेवा गर्ने अभिारा जनताले दिएकाले कसैलाई निरास नपार्ने उहाँको भनाई छ । घिमिरेको जितमा परिवारमा पनि खुसी छाएको छ । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य डोरप्रसाद उपाध्याय, नेता गिरीधारीलाल न्यौपाने, जिल्ला अध्यक्ष झविलाल पोख्रेल लगायतको सहभागिता रहेको थियो । घिमिरेले ५ हजार ७२८ मत ल्याएर विजयी भएकी हुनुभएको थियो । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गिरिजादेवी न्यौपानेले २ हजार १ सय मत ल्याएकी थिइन् । महिलाका ५ मत बदर भएका छन्
प्रतिक्रिया