१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रदेश ५ को स्थायी राजधानी बुटवल पक्का, संघिय सरकारले गर्यो यस्तो निर्णय



काठमाण्डौँ । नेपाल सरकारले बुटवलको मध्य भागमा रहेको डिभिजन सडक कार्यालय परिसर प्रदेश सरकारलाई दिने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाद्वारा जारी बिज्ञप्तीमा सरकारले बुटवल उपमहानगरपालिका स्थीत डिभिजन सडक डिभिजन परिषर भित्र रहेका डिभिजन सडक कार्यालय , हेभि ईक्विपमेन्ट डिभिजन कार्यालय र आन्तरिक राजस्व कार्यालयको भवन प्रदेश सरकारका सरकारी कार्यालयहरुको उपयोगका लागि उपलब्ध गराउने निर्णय गरिएको उल्लेख छ ।

डिभिजन सडक कार्यालयको जग्गा हस्तान्तरणमा अलमल हुदा प्रदेश सरकारका कार्यालय लगायतका संरचना बनाउन कठिनाइ भएको भन्दै उक्त जग्गा प्रदेश सरकारलाई दिन दवाव परेको थियो । सरकारले उक्त जग्गा हस्तान्तरण गर्ने निर्णय संगै अब प्रदेशको स्थायी राजधानी बुटवलमा बनाउन सहज भएको छ । डिभिजन सडक परिषरलाई यस अघि नै प्रदेश ५ को सिंहदरवारको रुपमा परिभाषित गरिदै आएको छ । उक्त परिषर भित्र हाल भौतिक पुर्वाधार बिकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरणमा मन्त्रालय रहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७६ शुक्रबार ००:००  ८ : ४६ बजे