९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नेपालगञ्ज विमानस्थलमा सहायता कक्ष सञ्चालनमा



नेपालगञ्ज ।
विपद् व्यवस्थापनका गर्न बाँके र बर्दिया जिल्लालाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष बिहीबारदेखि सञ्चालनमा आएको छ ।

गृह सचिव प्रेमकुमार राईले सातवटै प्रदेश र सबै दुर्गम विमानस्थल रहेको ठाउँमा गरी १२ वटा मानवीय सहायतास्थल निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

काठमाडौँ र धनगढीपछि नेपालगञ्ज विमानस्थलमा स्थापना भएको सो कक्ष तेस्रो भएको जनाइएको छ । उनले सहायता कक्ष निर्माण भए पनि कर्मचारी व्यवस्थापनमा समस्या रहेको हुँदा यथाशीघ्र सबै ठाउँमा कर्मचारी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने छ । (रासस)

प्रकाशित मिति : १० माघ २०७६ शुक्रबार ००:००  १ : ३६ बजे