९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नेपाली–अमेरिकी सेनाबीच १ महिने संयुक्त सैन्य अभ्यास हुँदै



काठमाडौं ।
काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाको स्रोतका अनुुसार आगामी फागुन ५ गते संयुक्त सैन्य अभ्यास सुरु हुनेछ ।

काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा हुने संयुक्त सैन्य अभ्यास चैत ६ गते सकिने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ । संयुक्त अभ्यासमा ३६ नेपाली सेना र ९ अमेरिकी सेना सहभागी हुनेछन् ।
एक महिना अभ्यासका क्रममा नेपाल र अमेरिकाका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेको उद्धार र सहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने सैनिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७६ शुक्रबार ००:००  १ : ३० बजे