पोमनारायण पौडेल ।
नेपाली जनताको लामो संघर्षको परिणाम स्वरुप संघियता सहितको नेपालको पूर्नसंरचना भई नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ । प्रदेश र प्रदेश राजधानीको विषयलाई प्रदेश सभाले टुङ्गाउने गरी नेपालको संविधान २०७२ मा ब्यवस्था गरिएको छ । जस मध्ये तराईका ६ वटा र पहाडका ६ जिल्ला गरि प्रदेश नं ५ कायम गरिएको छ । अस्थाई रुपमा हाल बुटवल कायम गरिएको छ । ७ वटा प्रदेश मध्ये केहि प्रदेशहरुको स्थायी राजधानी र नामाकरणको विषय टुंगो लगाई सकेका छन् भने ५ नं. प्रदेश स्थायी रानधानी र नाम टुंगो लागि सकेको छैन । हालै प्रदेश नं. ३ को नाम र स्थायी राजधानी हेटौडा तोकी सके पछि प्रदेश नंं ५ पनि तैयारीमा लागि रहेको देखिन्छ । संभवतः यहि माघ ५ गते देखि शुरुहुने हिउदे अधिवेशनवाट नाम र स्थायी राजधानी टुंगो लगाउने संभावना रहेको छ । यसको पूर्व तैयारीका लागि नाम र स्थायी राजधानी अध्ययन समिति समेत गठन गरेको थियो र उक्त समितिले सैनामैना देखि लमही वीचमा अनुकूल स्थानमा पर्ने गरि प्रतिवेदन बुझाएको चर्चा पनि चलेकै छ । यसकारण प्रदेश सभाले पनि यसै अनुकुलको निर्णय संभावना रहेको छ । तर केहि दिन यता बुटवल नै राजनधानीका वारेका केहि जिम्मेवार ब्यक्तिहरुले गैर जिम्मेवारी कुरा सार्वनजिक गरि रहदा कपिलवस्तु सबै भन्दा उपयुक्त हुने आधारहरु सहित सन्र्दभमा विवेचना गर्ने प्रयास गरिएको छ ।
कपिलवस्तुमा राजधानी निमार्णका आधारहरु के के हुन् ?
१. गौरबताको पहिचानका लागि
कपिलवस्तुको इतिहास गौरबमय छ जस अन्तरगत प्रदेशको साझा पहिचान, साझा स्वामित्व ग्रहण, विवादमुक्त र साझा भावनाको विकासमा महत्वपूर्ण योगदान गर्दछ । जस अन्तरगत कपिलवस्तुमा ।
क. ३००० वर्ष पहिले कपिलवस्तु राज्यको राजधानी तिलौराकोट रहेकोले
ख. संसारकै पहिलो दर्शनका प्रणेता महर्षि कपिलको तपोभूमि भएकाले ।
ग. कनकमूनी, क्रकुछन्द र शाक्यमूनी बुद्धहरुको जन्म तथा ज्ञानभूमि भएकाले ।
घ. ५ नं प्रदेशको रुपन्देहि देखि बर्दिया सम्म अवध क्षेत्र हो र अवधि भाषा यस प्रदेशको महत्वपूर्ण पहिचान हो र त्यसको केन्द्र कपिलवस्तु भएकाले ।
ङ. कपिलवस्तु मानव सभ्यताको उद्गम थलो भएकाले ।
च. शिवराज खजहनी राज्यको किल्ला शिवगढि कपिलवस्तुको महत्वपूर्ण पहिचान भएकाले ।
छ. रामायणकालिन इतिहास बोकेको र महर्षि श्रृगिंको जन्म तथा कर्मभूमि मधुवनधाम कपिलवस्तुको महत्वपूर्ण पहिचान भएकाले ।
ज. १६० भन्दा बढि बौद्ध सम्पदाहरु रहेको एक मात्र स्थल कपिलवस्तु भएकाले ।
झ. संसारकै महत्वपूर्ण रामसार सुचिमा सूचिकृ चराहरुको राजधानी जगदिशपुर पर्यटकहरुका लागि महत्वपूर्ण भएकाले ।
२. सहज पहूाचका हिसावले कपिलवस्तु
क. सुस्ता देखि बाग्लुंगको सीमा सम्म, दाउन्ने देखि बर्दिया सम्मको दुरीको मापन गर्दा मध्य भागमा कपिलवस्तु पर्ने भएकाले ।
ख. पूर्व पश्चिम राजमार्गको सहज पँहुच हुने भएकाले
ग. भविष्यमा पूर्व पश्चिम रेलमार्गको सहज पहूँच हुने भएकाले ।
घ. बाणगंगा कोरीडोर र कालीगण्डकी कोरीडोरले भारत र चीन जोड्ने नेपालको सबै भन्दा छोटो बाटो कपिलवस्तुबाट हुने भएकाले ।
ङ. अन्तराष्टिय हवाईमार्गको दूरी नजिक भएकाले ।
च. मर्जादपुर देखि अर्घाखाचीको सदरमुकाम हुदै गुल्मीको सदरमुकाम जोड्ने सबैभन्दा छोटो मार्ग कपिलवस्तु हुने भएकाले ।
३. प्रदेशका १२ वटै जिल्लाका लागि भावि संभावनाः
क. कपिलवस्तु पर्यटनका हिसावले प्रदेशकै धेरै संभावना भएको जिल्ला भएको र प्रदेशकै विकासमा कपिलवस्तुले योगदान गर्न सक्ने भएकाले ।
ख. प्रदेशको विकासको प्रतिफल समानुपातिक वितरणका लागि
ग. नेपालगंज, बुटवल र भैरहवा जस्ता ठूला ब्यापारिक केन्द्र हुनु र त्यसको बीचमा कपिलवस्तु हुदा दुबै जिल्लाले लाभ लिन सक्ने भएकाले
घ. कपिलवस्तुको पहिचान र बुद्ध स्थलहरुबारे अन्तराष्ट्रिय भ्रमहरुको अन्त्य गर्न सहयोग पुग्ने भएकाले ।
ङ. राजधानीका लागि १२ वटै जिल्लाको सर्ब सम्मत र विवाद रहित स्थान पनि भएकाले ।
४. पूर्वाधार विकासका हिसावले कपिलवस्तु
क. कपिलवस्तुमा राजधानी निमार्ण गर्नका लागि प्रशस्त जग्गा छानी छानी उपलब्ध हुन सक्ने भएकाले
ख. राजधानीका लागि आवश्यक पर्ने अन्य प्राकृतिक तथा भौतिक साधन स्रोत यथेष्ट भएकाले
ग. नेपालकै नमूना राजधानी निमार्ण गर्न सकिने भएकाले ।
घ. कपिलवस्तुको जनघनत्व तुलनात्मक रुपमा कम रहेकाले ।
ङ. स्वच्छ पानीको स्रोत प्रशस्त रहेकाले ।
च. प्रयाप्त बन जंगल र अनुकुल बसाईको वातावरण भएकाले ।
छ. प्राकृतिक प्रकोपका हिसावले अन्यन्तै न्यून जोखिम भएकाले
ज. वर्तमान अवस्थामा पनि राजधानी स्थापना गर्दा पनि पूर्वाधारहरु उपलब्ध हुन सक्ने भएकाले
झ. एकै हाता भित्र राजधानीका पूर्वाधारहरु हुने भएकाले ।
ञ. प्रदेशकै विकासका हिसावले पछि रहेको जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले ।
गौरबशाली इतिहास बोकेको कपिलवस्तु नेपालकै पहिचान हो । कपिलवस्तु सबैको साझा र विवाद रहित स्थान हो । त्यसैले ५ नं प्रदेशका सम्पूर्ण राजनैतिक दलहरु, प्रदेश सभाका संसदहरु, नागरिक संगठनका प्रतिनिधिहरु र आम समुदायलाई कपिलवस्तुमै स्थायी राजधानी हुनु मुनासिक देखिन्छ र सबैले पहल गर्नु पर्दछ ।
–पौडेल कपिलवस्तु स्थायी राजधानी बनाउनुपर्छ भन्ने अभियानका संयोजक हुन् ।
प्रतिक्रिया