मायादेवी अनलाइन, चारनम्बर ।
शीतलहरसँगै अत्यधिक चिसो बढेर कपिलवस्तु सहितका तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । केही दिन यता कपिलवस्तुसंगै तराईमा बाक्लो हुस्सुसहित शीतलहर चलेको छ । लगातार बाक्लो हुस्सुसंगै शीतलहरका कारण कपिलवस्तुमा अत्याधिक चिसो बढेको छ ।
चिसोबाट जोगिन घर र चोकहरूमा भेला भएर आगो बालेर ताप्ने क्रम बढेको छ । जाडोले किसान, विद्यार्थी, कर्मचारी र बिरामीलाई कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागले तराईका अधिकांश भूभाग हुस्सु, शीतलहर र कुहिरोले ढाकेको जनाएको छ । पश्चिम, मध्यतराई र पूर्वी तराईको तापक्रममा गिरावट आएकाले चिसो बढेको हो । विभागले थप केही दिन शीतलहरको प्रभाव कायमै रहनेसमेत जनाएको छ ।
यता उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको पश्चिम र मध्य तराईका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको मौसमविदले बताएका छन् ।
आज दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
यस्तै राति देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
१० माघ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया