काठमाडौं ।
उल्भरह्याम्टन वान्डरर्स (उल्भस) माथि दुई–एकको जित निकाल्दै लिभरपुलले प्रिमियर लिग उपाधि जित्ने अभियान अघि बढाएको छ ।
बिहीबार राति भएको खेलमा रोबर्टो फिरमिनोले खेलको अन्तिमतिर गोल गरेपछि लिभरपुलले १६ अङ्कको अग्रता लिन सफल भएको छ । उल्भ्सको मैदानमा भएको खेलको आठौँ मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफको छैटौँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै खेल बराबरीमा र्पुयाए । लिभरपुलले ५० दिनपछि पहिलो गोल खाएको हो । प्रिमियर लिगमा एभर्टनका रिचार्लिसनले गएको डिसेम्बर ५ मा लिभरपुलविरुद्ध गोल गरेका थिए ।
राउल जिमेनेजले यो सिजन सबै प्रतियोगितामा गरेर २० गोल पनि पूरा गरेका छन् । खेल सकिन ६ मिनेट बाँकी हुँदा फिरमिनोले गोल गर्दै लिभरपुललाई जित दिलाए ।
इन्ज्युरी समयको सुरुमा डियोगो जोटाले गोल गर्ने राम्रो अवसर खेर फाल्दा लिभरपुलले अङ्क गुमाउन परेन । जितसँगै लिभरपुलले २३ खेलबाट ६७ अङ्क बनाएको छ । उल्भ्स भने ३४ अङ्कसहित सातौँ स्थानमा छ ।
प्रतिक्रिया