बाबुराम रायमाझी, भलवाड ।
वाणगंगा नगरपालिकामा बालमैत्री स्थानीय सुशासन सम्वन्धि सहजकर्ताहरुका लागि दुई दिने क्षमता बिकास अभिवृद्धि तालिम सुरु भएको छ । ११ वटै वडाका बालमैत्री सहजकर्ताको उपस्थिती रहेको तालिम शुक्रबारसम्म चल्ने छ । बाणगंगा कार्यपालिकाको आयोजनामा तालिमको सुरुवात गरिएको हो ।
तालिमको नगरका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले उद्घाटन गर्दै नगरलाई आगामी ०७७ असोजमा वालमैत्री नगर घोषणा गर्ने लक्ष्यका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो । जिल्लाकै उत्कृष्ट नगरपालिका भित्र पर्ने वाणगंगाको यो अभियानमा साथ दिन पन्थीले सबैमा आग्रह गर्नुभयो ।
तालिममा वरिष्ठ प्रशिक्षक कमलराज पन्थीले प्रशिक्षण दिने कार्यक्रम छ । बालमैत्री स्थानीय शासनका पुरा गर्नुपर्ने ३९ सूचक, विभिन्न १६ चरण, आचार संहिता, लैङ्गिक हिंसान्यूनिकरण जस्ता विषयवस्तु तालिममा सिकाइने बताइएको छ । तालिमको उद्धेश्यकोबारे बालमैत्री स्थानीय सुशासन नगरका संयोजक बाबुराम भट्टराईले प्रकाश पार्नु भएको थियो ।
९ माघ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया