९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

राष्ट्रियसभा निर्वाचनको मतदान सकियो, प्रदेश ५ मा ३०३ मत खस्यो



दाङ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा ३०३ मत खसेको छ । कुल मतदाता संख्या ३०५ मा दुई मत खसेन । दाङको घोराहिमा भएको राष्ट्रियसभा निर्वाचनमा नरैनापुरका उपाध्यक्ष मतदान गर्न आएनन् भने प्रदेशसभा सदस्य बलदेव शर्मा पोख्रेलको निधन भएपछि दुई मत नखसेको हो ।

८६ जना प्रदेशसभा सदस्य र प्रदेशका कुल १ सय ९ स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ जनाले यो निर्वाचनका मतदाता थिए । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान भएको हो ।

निर्वाचन अधिकृत थापाका अनुसार ३ जना राष्ट्रिय सभासदस्य निर्वा्चित हुने प्रदेश ५ बाट ९ जनाको उम्मेदवारी परेको छ । अन्यतर्फ ४ जना नेपाली कांग्रेसका बालकृष्ण पाण्डे, नेकपाबाट गोपाल भट्टराई, राष्ट्रिय जनमोर्चाबाट शिवप्रसाद पौडेल र समाजवादी पार्टीबाट कृष्णप्रसाद अहिरको उम्मेदवारी परेको छ ।

अपांगता तथा अल्पसंख्यक तर्फ तीनजना नेकपाबाट जगप्रसाद शर्मा, कांग्रेसबाट मेराज अहमद हलवाई र समाजवादीबाट सुनिलकुमार सिंगल चुनावी प्रतिष्पर्धामा छ्न ।

महिलातर्फ २ जना नेकपाबाट बिमला घिमिरे र कांग्रेसबाट गिरिजादेवी न्यौपाने चुनावी प्रतिष्पर्धामा छ्न् । अन्य, अपांगता÷अल्पसंख्याक तथा महिलाबाट एक÷एकजना निर्वाचित हुने छन् ।

प्रदेशसभा सदस्यहरुको मतभार ४८ हुने छ भने स्थानीह तहका प्रमुख उपप्रमुखको मतभार १८ हुने छ । यसरी प्रदेश नम्बर ५ को कुलमत भार ८ हजार १ सय हुने छ ।

प्रकाशित मिति : ९ माघ २०७६ बिहिबार ००:००  ४ : ३९ बजे