९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

दाङमा ससुराले गरे बुहारीको हत्या



दाङ ।
दाङमा ससुराले बुहारीको हत्या गरेका छन् । गढवा ४ रामनगरका निबासी कुलमान योगीले बुहारी बसन्ती कुवरको हत्या गरेका हुन् । धारिलो हतियार प्रहार गरी योगीले बुहारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
हतियार प्रहारबाट घाइते बसन्तीको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिंह राठौरले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बुहारी बसन्तीको हात, पेट र खुट्टामा धारिलो हतियार प्रहार गरिएको थियो । नातिनीको बिषयमा बिबादले कान्छी बुहारीलाई धारिलो हतियार प्रहार गरिएको प्रहरी निरिक्षक राठौरले बताउनुभयो । कुलमानलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६ बिहिबार ००:००  ३ : ५४ बजे