दाङ ।
राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर ५ मा पनि मतदान भइरहेको छ । दाङमा भइरहेको निर्वाचन केन्द्रमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ति, प्रदेश सरकारका मन्त्रीहरु सहित अधिकांशले मतदान गरिसकेका छन् ।
उक्त निर्वाचन प्रक्रियामा प्रदेशसभा सदस्यहरु ८७ जना र स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख २ सय १८ जना गरी कुल ३३५ जनाले मतदाता गर्दैछन् । मतदानमा भाग लिन १२ जिल्लाका सबै स्थानीय सरकार प्रमुख तथा प्रदेश ५ का सांसदहरु यतिबेला दाङमा छन् ।
प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मीना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।
तीन सिटका लागि नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरी ९ जना चुनावी प्रतिस्पर्धामा छन् ।
९ माघ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया