मायादेवी अनलाइन, चारनम्बर ।
शीतलहरसँगै अत्यधिक चिसो बढेर कपिलवस्तु सहितका तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । केही दिन यता कपिलवस्तुसंगै तराईमा बाक्लो हुस्सुसहित शीतलहर चलेको छ । बुधबार अपराह्नपख घाम देखिएपनि साँझदेखि बाक्लो हुस्सु लागेको थियो । विहीबार विहानदेखि भने कपिलवस्तुमा अत्याधिक चिसो बढेको छ ।
चिसोबाट जोगिन घर र चोकहरूमा भेला भएर धुनी बालेर ताप्ने क्रम बढेको छ । जाडोले किसान, विद्यार्थी, कर्मचारी र बिरामीलाई कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागले तराईका अधिकांश भूभाग हुस्सु, शीतलहर र कुहिरोले ढाकेको जनाएको छ । पश्चिम, मध्यतराई र पूर्वी तराईको तापक्रममा गिरावट आएकाले चिसो बढेको हो । विभागले थप केही दिन शीतलहरको प्रभाव कायमै रहनेसमेत जनाएको छ ।
तराईमा शीतलहरसंगै अत्याधिक चिसो भैरहदा प्रदेश ५ का पहाडी जिल्ला अर्घाखाँची, प्यूठान, गूल्मी, पाल्पामा भने दिनभर घाम लागेको छ । यद्यपि दाङको भालुवाङ उता घाम लागेको बताइएको छ । चुरो पहाड र तराईमा विहीबार अत्याधिक चिसो महसुस भएको छ । पौष १ गते देखि बढेको चिसो बीचमा दुई दिन लगातार घाम लागेपनि त्यस यता केही दिन बीचमा एक/दुई घण्टा घाम लागेपनि लगातार हुस्सु लागेको छ ।
९ माघ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया