९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

चौथो जित निकाल्दै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो



काठमाडौं ।
सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले चौथो जित निकालेको छ । थ्रीस्टारले बिहीबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-१ गोलले पराजित गर्‍यो ।
थ्रीस्टारले छैटौं मिनेटमा सुनील बलको गोलबाट अग्रता लियो । पहिलो हाफको इन्जुरी मिनेटको दोस्रो मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । उसका लागि स्टेफिन समिरले गोल गरे ।

तर एक मिनेट पछि नै थ्रीस्टारले अग्रता लिन सफल भयो । थ्रीस्टारका लागि सन्जोग राई इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि पहिलो हाफको खेल २-१ मा टुंगियो । ५० मिनेटमा थ्रीस्टारका लागि वासिउ हाजमतले तेस्रो गोल गरेका थिए ।

जितपछि थ्रीस्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टारले ८ खेलबाट १४ अंक जोडेको छ । शीर्ष स्थानको त्रिभुवन आर्मीको ७ खेलबाट १६ अंक र मच्छिन्द्रले ८ खेलबाट १६ अंक जोडेको छ । एघारौं स्थानको शेर्पाको ८ खेलबाट ७ अंक छ ।

प्रकाशित मिति : ९ माघ २०७६ बिहिबार ००:००  २ : ४८ बजे