रोल्पा ।
प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले कानुनभन्दा माथि उठेर अपराध गर्ने सबैलाई प्रहरीले कानुनी दायरमा ल्याउने बताएका छन् । खनालले कानुन मिच्ने जोकोहीका विरुद्ध प्रहरी कठोरता साथ प्रस्तुत हुने बताए ।
जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित कार्यालय भवनको उद्घाटन खनालले समाजिक विकृति विसंगतिलाई सबै पक्ष मिलेर अन्त्य गर्नुपर्ने चर्चा गर्दै कुरीतिलाई त्याग्न सबैलाई आह्वान समेत गरे । खनालले समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकाले समुदाय–प्रहरी साझेदारीको अवधारणा ल्याएको चर्चा गरे ।
प्रतिक्रिया