९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

हिटर प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा सावधानी अपनाउनुहोला



मायादेवी अनलाइन ।
दामनको एक रिसोर्टमा नाइट स्टेका लागि बसेका भारतीय पर्यटक मंगलबार बिहानै बेहोस अवस्थामा भेटिए । उनीहरुलाई उपचारका लागि अस्पताल त ल्याइयो । तर, चिकित्सकले बचाउन सकेनन् ।

बेहोस भएका ८ जनाकै मृत्यु भइसकेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताएका छन् ।

उनीहरुको कसरी बेहोस भए ? प्रहरीको अनुमान छ, हिटरको कारण । यद्यपि, मृत्युको कारण भने पोष्टमार्टम रिपोर्टबाट मात्रै खुल्नेछ ।

अहिले नेपालस्थित भारतीय दूतावासको समन्वयमा पर्यटकको शव पोष्टमार्टम गर्ने तयारी भइरहेको छ ।

त्यसो त हिटर बाल्ने क्रममा असावधानी अपनाउँदा दुर्घटना भएको यो नै पहिलो घटना होइन । यस्ता थ्रुपै घटना सार्वजनिक भएका छन् ।

जाडोसँग जुध्नका लागि हिटर बाल्नैपर्छ । चिसिँदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृतिम काइदा हो यो । खासगरी बुढाबुढी, रोगी, सुत्केरीका लागि यस किसिमको व्यवस्था गर्नुपर्ने हुन्छ ।

यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ । तर, यसले स्वास्थ्य र स्किनमा पनि क्षति पुर्‍याइरहेको हुन्छ । त्यसैले, तपाईँ हिटर वा ब्लोअरको प्रयोग गर्दै हुनुहुन्छ भने पहिला आफ्नो परिवारको सुरक्षालाई सुनिश्चित गर्नुहोस् ।

यसको गलत प्रयोगले ज्यानै जान सक्ने भएकाले निकै सावधानी पुर्‍याउन जरुरी हुन्छस्(

निम्त्याउँछ यस्ता समस्या

– कहिल्यै पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस् । किनकी यसबाट वाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।

– ग्यासबाट चल्ने हिटर जलाएर पनि कहिल्यै निदाउनु हुँदैन । यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ ।

– मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नु हुँदैन । यदि प्रयोग गर्ने हो भने कोठामा ताता पानी राख्न सक्नुहुन्छ । ताकी ब्लोअरको कारण हावा सुख्खा नहोस् ।

– छालाको लागि पनि हिटर राम्रो मानिँदैन । लामो समयसम्म हिटरमा बस्दा छाला सुख्खा भएर जाने गर्छ । त्यति मात्र नभएर रातो दाग बस्ने, चिलाउनेजस्ता समस्या पनि हुन्छ । हिटरले आँखालाई पनि सुख्खा बनाउन सक्छ । जसको कारण आखा पोल्ने जस्ता समस्या पनि निम्तिने गर्छ ।

यदि हिटर या ब्लोअरमा बस्ने बाध्यता छ भने मनतातो पानी पिइराख्नुपर्छ । त्यसको साथमा चिया, कफि, सुपजस्ता पेयपदार्थको पनि प्रयोग गर्नुस् । र, छालामा मोइस्चराइजरको प्रयोग गरिरहनुहोस् ।

हिटरको प्रयोग गर्दा

  • ग्यासबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।
  • ग्यासबाट चल्ने हिटरलाई त्यस्तो ठाउँमा पनि राख्नुहुँदैन । जुन बाटोबाट बढी ओहोर दोहोर गरिरहनुपर्छ । अझ ध्यान पुर्‍याउनुपर्ने विषय के हो भने हिटरलाई बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । यसलाई कडा सतहको किनारमा राख्नुपर्छ ।
  • समय-समयमा चलिरहेको हिटरलाई बन्द गरिरहनुपर्छ । र, हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ । हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ ।

प्रकाशित मिति : ९ माघ २०७६ बिहिबार ००:००  १० : ५० बजे