मायादेवी अनलाइन, वाणगंगा ।
साना तथा मझौला व्यवसायी करदातालाई लक्षित गरेर संचालन गरिएको २ दिने तालिम वाणगंगामा सम्पन्न भएको छ । पछिल्लो समय कर कानुनका विषयमा धेरै अन्यौलता आईरहेका बेला कपिलवस्तु उद्योग वाणिज्य संघले व्यवसायीलाई तालिम दिएर धेरै नै लाभ पुगेको सहभागीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा संचालित तालिमबाट उद्योग व्यवसायीले नयाँ प्रणाली भिसिटिएस, सामाजिक सुरक्षा र करका विषयमा धेरै सिकेको बताएका छन् ।
तालिम समापनका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधी तिवारीले राज्यको नितिले व्यवसायी मर्कामा परेको बताउदै आफुहरुले सरकारसंग व्यवसायीको हकहितमा संघर्ष गरिरहेको जानकारी दिनुभयो । उहाँले राज्यले कर प्रणालीलाई सहज र सरल बनाउदै उद्योग व्यवसायी मैत्री कानुन बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका तिवारीले कर बुझाउन उद्योग व्यवसायीलाई कष्ट दिन नहुने भन्दै स्पष्ट सूचना र जानकारी दिएर जरिवाना तिर्नुपर्ने अवस्था आउन दिन नहुने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरु कृष्ण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, महासंघका प्रदेश सदस्य यज्ञ प्रसाद भट्टराई लगाएतले कपिलवस्तु शाखाले प्रदेशमै उत्कृष्ट कार्य सम्पादन गरिरहेको प्रति प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक सिता घिमिरेले कर प्रशिक्षण पश्चात अवका दिनमा आफनो लेखा व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास व्यक्ति गर्नुभएको छ । उहाँले आफु धेरै जिल्लाहरुमा महासंघको कार्यक्रममा पुगेपनि कपिलवस्तुमा जस्तो सकृय नेतृत्व र उत्साहजनक सहभागीता कतै नपाएको स्पष्ट पार्नुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले उद्योग व्यवसायीलाई आयकर, भ्याट, भिसिटिएस, सामाजिक सुरक्षा सम्बन्धीको नयाँ कार्यक्रमले व्यवसायी लाभान्वित भएको भन्दै आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रम ल्याउने बताउनुभयो ।
कार्यक्रम संयोजक तथा बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालले सफलतापूर्वक तालिम संचालन भएको भन्दै खुशी व्यक्त गर्नुभयो । कार्यक्रम महासचिव लक्ष्मण अधिकारीको संचालनमा सम्पन्न भएको थियो । २ दिन सम्म संचालित कर प्रशिक्षण तालिममा १ सय ५० व्यवसायीको सहभागीता रहेको थियो ।
यसैबीच कपिलवस्तु उद्योग वाणिज्य संघले निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराईलाई आउदो महासंघको निर्वाचनमा केन्द्रिय सदस्यको उम्मेदवारको रुपमा अघि सारेको छ ।
यसक्षेत्रका सयौं व्यवसायीका माझमा सफल व्यवसायी हालका प्रदेश सदस्य भट्टराईलाई केन्द्रिय सदस्य पदको उम्मेदवारका लागि प्रमोशन गरेको हो । संघले केन्द्रिय सदस्यमा भट्टराईलाई निर्वाचित गराउन विभिन्न योजना समेत बनाएको अध्यक्ष उमानाथ पौडलले बताउनुभयो ।
प्रतिक्रिया