९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुको बैदौलीमा प्रथम माघी महोत्सव सुरु



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिकाको वैदौलीमा प्रथम वडा स्तरीय माघी महोत्सव सुरुभएको छ । ‘थारु संस्कृतीके संरक्षण, सम्बर्धन वो प्रर्बद्धनके खातीर हम्मन अभियान, न्याय, समानता अउर पहिचान सहितके थरुहट स्वायत्त प्रदेशके निर्माण’ भन्ने मूलनाराका साथ दुई दिने खिचडी महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटनमा थारु जातीको कला तथा संस्कृती झल्कने विभिन्न नृत्य, देवी देवता नाच, झुम्रा नाच तथा गीत प्रस्तुत गरिएको थियो । महोत्सवको उद्घाटन गर्दै संबिधान सभा सदस्य विश्राम प्रसाद थारुले खिचडी महोत्सवले सकरात्मक संदेश दिएको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले थारु जातीको कला संस्कृती संरक्षणमा जोड दिएका थिए । वडा नम्बर ६ कि वडा सदस्य शान्ता पाण्डेले थारु समुदायका युवा पुस्ता आफ्नो संस्कृतीको संरक्षणमा जुट्टनुपर्ने उहाँको भनाई छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष सुकदेव थारुको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याण सभाका केन्द्रिय सदस्य जंजीर प्रसाद थारु लगायतले माघी महोत्सवको शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७६ बुधबार ००:००  ७ : ३७ बजे