मायादेवी अनलाइन, तौलिहवा ।
माघको समयमा पानी परेपछि चिसो र ठण्डीले बृद्धबृद्धाहरुलाई सताउन लागेपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ५ को कार्यालय हथिहवाले जेष्ठ नागरिलाई कम्मल वितरण गरेको छ । सामाजिक सुरक्षा पाउने ज्येष्ठ नागरिकहरुको तथ्याङ्कको आधारमा वडा कार्यालयले कम्मल वितरण गरेको छ ।
सो अवसरमा वडा नं. ५ का वडा अध्यक्ष आशुतोष कुमार सिंहले चिसोको समयमा केही राहत दिन तथा सम्मान स्वरुप बृद्धबृद्धाहरुका लागि कम्मल वितरण गरिएको बताए । प्रत्येक गाउँका बृद्धबृद्धाहरुलाई लक्षित गरी वास्तविक समुदायसम्म कम्मल पुगेको उनले बताए ।
साथै आगामी दिनमा अपाङ्गता भएका नागरिकहरुलाई पनि उचित सिप र साम्रगी वितरण कार्यक्रम तय भएको अध्यक्ष सिंहले बताए । वितरण समारोहमा हथिहवा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक दामोदर डागी, वडा नं ५ सदस्य परशुराम यादव, प्रेमादेवी यादव, वडा सचिव सभाजित प्रसाद चौधरी, सामाजिक परिचालक जितबहादुर यादव लगायतको सहभागिता रहेको थियो ।
कम्मल पाएपछि वडा नं. ५ तारानगरकी अनरा चमाइले उचित समयमा कम्मल पाउँदा जाडो याममा आफुलाई सहज भएको बताइन । त्यस्तै वडा नं. ५ फुलुवापुरका जैसराम ताडिवानले कम्मल पाएपछि चिसोबाट वच्च सजिलो भएको बताए ।
८ माघ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया