मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको वडा नं. ७ ले वडाबासीको स्वास्थ्य चेकजाँचका लागि विभिन्न शिविर सञ्चालन गर्दै आएको छ । खानपान, सुखमय जीवन शैलीका कारण विभिन्न स्वास्थ्य समस्या आईरहेका बेला वडा नं. ७ को कार्यालयले स्वास्थ्य सम्बन्धि विभिन्न शिविर आयोजना गरेको हो ।
केही हप्ता अगाडी निशुल्क आँखा शिविर आयोजना गरेको वडा कार्यालयले ५३ जना मोतियाविन्दु भएका विरामीको निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो । उक्त आखाँ शिविरबाट ३ सय ६५ जनाले सेवा लिएका थिए ।
बुधबार पनि वडा कार्यालयले वडाबासीलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको वडाध्यक्ष गिरीले बताउनुभयो । स्वास्थ्य शिविरमा पेट, छाती, महिला, दन्त सम्बन्धी समस्या भएका विरामी गरी ३ सय १० बढीले स्वास्थ्य जाँच गराएको उहाँले बताउनुभयो ।
वडा कार्यालय मोतीपुरमा भएको शिविरमा सिएण्डसी अस्पताल चारनम्बरका विशेषज्ञ डाक्टर डा.प्रकाश पुन र फिजिशियन डा. संघर्ष थापाले स्वास्थ्य जाँच गराउनुभएको थियो । आगामी दिनमा पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने योजना रहेको उहाँले सुनाउनुभयो ।
८ माघ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया