भक्तपुर ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका ९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
प्रहरीले मध्यपुरथिमिको चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान गर्दा चन्द समूहको सिन्धुपाल्चोक सेक्रेटरी रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसुरमा म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।
८ माघ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया