९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अमेरिकी किशोरी कोकोले साबिक विजेता नाओमीसँग खेल्ने



एजेन्सी ।
अमेरिकी किशोरी कोको गोफ अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरण अर्थात अन्तिम ३२ मा प्रवेश गरेकी छन् । उनले तेस्रो चरणमा साबिक विजेता नाओमी ओसाकासँग प्रतिस्पर्धा गर्ने छिन् ।
१५ वर्षकी कोकोले बुधबार भएको खेलमा रोमानियाकी सोराना सिस्र्टियालाई पराजित गरेकी हुन् । कोकोले सोरानालाई ४–६, ६–३ र ७–५ को सेटमा पराजित गरेकी हुन् । उनलाई जित निकाल्न दुई घण्टा ६ मिनेट खेल्नु परेको हो ।
यसअघि आइतबार बिहान भएको खेलमा तेस्रो बरियताकी साबिक विजेता जापानकी ओसाकाले चीनकी साइसाइ झेङ्गलाई ६–२ र ६–४ को सेटमा पराजित गरेकी हुन् । कोकोले नाओमीसँग प्रतिस्पर्धा गर्न लागेको यो दोस्रो ग्राण्डसलाम प्रतिस्पर्धा हो ।
गएको सेप्टेम्बरमा कोको र नाओमीबिच युएस ओपन टेनिसको तेस्रो चरणमा भेट भएको थियो । त्यसबेला नाओमीले ६–३ र ६–० को जित निकालेकी थिइन् ।

प्रकाशित मिति : ८ माघ २०७६ बुधबार ००:००  ४ : १४ बजे