मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश ५ का प्रदेश सांसद विष्णु पन्थीले माघे सकराती तथा माघी पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । पर्वको अवसरमा शुभकामना जारी गर्दै प्रदेश सांसद पन्थीले थारु समुदायको नयाँ बर्ष तथा मगर समुदायको महत्वपूर्ण चाड माघे सकरातीले सबै जातजाती, धर्मसंस्कृती बीच आपसी समझदारी, भाईचारा बढाओस भन्नुभएको छ ।
मूलुकमा बहुजाती, बहुभाषी जातजातीको बसोबास रहेको भन्दै बेला-बेला आउने यी पर्वले देशको सांस्कृतिक महत्वलाई संसारभर लैजान मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । पर्वको अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिएर माघी पर्वको महत्व र गरिमालाई थप मजबुत पारेको उहाँले उल्लेख गर्नुभएको छ ।
१ माघ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया