मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश नं. ५ मा माघीको अवसर पारेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघ १ गते बुधबार र २ गते विहीबार सार्वजनिक विदा दिने भएको हो ।
प्रदेशमा मगर र थारु जातीको बाहुल्यता रहेको र उनीहरुले माघे संक्रान्तिलाई महान चार्डका रुपमा मनाउने भएकाले दुई दिन पर्व विदा दिइएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।
यता प्रदेश सरकारले दुई दिने सार्वजनिक विदा दिए पनि केन्द्र मातहत रहेका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भन्सार, आन्तरिक राजश्व कार्यालय लगायत भने खुल्ने छन् । प्रदेश सरकारले विदा दिएपनि यी कार्यालय खुल्ला रहने भएका हुन । केन्द्र सरकारले माघीमा विदा दिएको छैन । प्रदेश सरकारको विदामा स्थानीय तह, विद्यालय लगायतका कार्यालय बन्द रहने गर्छन ।
प्रतिक्रिया