एजेन्सी ।
जोजे माउरिन्होले टोटेनह्याममा आफ्नो कामको स्वभाव फरक रहेको बताउँदै म्यानचेस्टर सिटी र लिभरपुलको टोलीबाट आफूलाई इर्स्या नलागेको बताएका छन् ।
सिटीले इङलिस प्रिमियर लिगमा लगातार उपाधि जितिरहेको छ भने लिभरपुल १४ अङ्कको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा छ । जवकि नोभेम्बरमा टोटेनह्यामको मुख्य प्रशिक्षक नियुक्त गरिएका माउरिन्होको टोली आठौं स्थानमा रहेर सङ्घर्ष गरिरहेको छ । तर, पोर्चुगाली रणनीतिकार माउरिन्होले अङ्कतालिकाको अवस्थाबाट आफू विचलित नरहेको प्रस्ट पारे। सिटी र लिभरपुलसँग आफ्नो टोलीको तुलना गर्नु उचित नहुने माउरिन्होको भनाइ थियो ।
ञयहाँ जे छ, त्यसलाई हामीले स्वीकार गर्नुको विकल्प छैन । हामीले अहिले केही अरुको जस्तो टिम बनाउन सक्दैनौं,झ माउरिन्होले भने, ञमैले एस्टन भिल्ला र सिटीबीचको खेल हेरेँ । त्यहा रहिम स्टर्लिङ, बर्नार्डो सिल्भा इके गुन्डोगान र निकोलस ओटामेन्डीहरु बेन्चमा थिए । लिभरपुलको टिम पनि उस्तै छ । मलाई इर्स्या लागेको होइन, तर मेरो काम फरक छ । उनीहरुको पनि फरक छ ।
प्रतिक्रिया