मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगास्थित श्रङ्गीघाट सामुदायिक बन उपभोक्ता समूहले चालु आर्थिक बर्ष ०७६/०७७ को नीति तथा कार्यक्रमबारे छलफल चलाएको छ । मंगलबार बनको कार्यालय जितपुर चारनम्बरमा भएको छलफलमा सामुदायिक बनको कार्यसमिति, लेखा समिति, सल्लाहकार, टोल समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
आर्थिक बर्ष ०७६/०७७ मा सिपमूलक, गरिबी निवारण, बन संरक्षण तथा पूर्वाधार विकासमा लगानी लगाउने गरी छलफल भएको बनकी अध्यक्ष रेनु सेनले जानकारी दिनुभयो । आज भएको छलफलको आधारमा सामुदायिक बनले यो चालु आर्थिक बर्षको लागि बजेट विनियोजन गर्ने तयारी भैरहेको अध्यक्ष सेनले जनाउनुभयो ।
श्रीङ्गीघाट यस क्षेत्रकै सबैभन्दा ठूलो सामुदायिक बन हो । यो बनले आफ्ना उपभोक्ताका लागि विभिन्न सिप तथा आयमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । बैज्ञानिक बन व्यवस्थापन लागु गरेर यो सामुदायिक बनले बन संरक्षणमा मनग्गे लगानी गर्दै आएको छ ।
गत आर्थिक बर्षमा बनले गरेका कामको बारेमा मंगलबार छलफल भएको बनले जनाएको छ । गत बर्षको कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको भन्दै अझै उपभोक्ताको माग अनुसार काम गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
२९ पुस २०७६ मंगलबार ००:००
6
Shares
प्रतिक्रिया