९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जिल्लास्तरीय पर्यटन प्रवर्धन समितिको बैठक बस्यो



मायादेवी अनलाइन, तौलिहवा ।
जिल्लास्तरीय पर्यटन प्रवर्धन समिति कपिलवस्तुको बैठक भएको छ । तौलिहवामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण विषयमा निर्णय गरेको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि जिल्ला समितिले विभिन्न योजना निर्माण गरेर समितिलाई क्रियाशिल बनाउने निर्णय गरेको छ । २३ सदस्यिय समितिलाई पर्यटन प्रवर्धनको क्षेत्रमा दिगो रुपमा लैजादै जिल्लामा प्रभावकारी काम गर्ने समितिका अध्यक्ष नारायण प्रसाद खनालले जानकारी दिनुभयो ।
समितिले जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रतिवेदन तयार गर्दै प्रचार-प्रसारमा तीव्रता दिने, पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि ब्रुसर तयार पार्ने, समग्र जिल्लाको पर्यटन विकासका लागि निर्देशिका तयार गर्ने र पाल्पाको संग्राहलयमा कपिलवस्तुको पहिचान हुने गरी संस्कृतिसंग सम्बन्धित सामग्री पठाउने निर्णय भएको समितिका सदस्य पोम नारायण पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २९ पुस २०७६ मंगलबार ००:००  ६ : ३७ बजे