९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तुलसीपुर महोत्सव’को उद्घाटन पर्यटन मन्त्री भट्टराइले गर्ने



दाङ ।
भ्रमण बर्ष २०२०को अवसर पारेर तुलसीपुरमा आयोजना हुन थालेको तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री योगेश भट्टराई आउनुहुने भएको छ । माघ ९ गते सुभारम्भ हुने भनिएको तुलसीपुर महोत्सव राष्ट्रिय सभा निर्वाचनका कारण माघ १० गतेदेखि सुरु हुने महोत्सव मुल आयोजक समितिका संयोजक विर वहादुर रावत विरुले जानकारी दिनुभयो ।
पर्यटनमन्त्री भट्टराइसंगै महोत्सव उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष चन्द्र ढकाल सहित प्रदेश र जिल्ला नगरबाट करीव एक सय पचास भन्दा बढि उद्योग वाणिज्य संघमा आवद्ध नेताहरु सहभागि हुने निश्चित भएको छ ।
उद्घाटन कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्य पनि सहभागि हुने जनाइएको छ । किनकि तुलसीपुर महोत्सव विशेषगरी नेपाल भ्रमण बर्ष अभियान सफल बनाउने लक्ष सहित आयोजना हुन थालेको छ । महोत्सवको तयारी तिब्र रुपमा अघि बढेको छ । चार सय स्टलको व्यवस्थापन सहित महोत्सवमा साना तथा मझौला व्यवसायीलाइ प्रोत्साहन गर्ने बताइएको छ ।
स्थानीय उत्पादनको बजारीकरणमा महोत्सव केन्द्रित हुने छ । पर्यटनसंग जोडिएका विविध महत्वका क्षेत्रहरुको हेलिकोप्टरबाट अवलोकन गर्ने सम्मको व्यवस्थापन गरिएको आयोजक कमिटिका स्टेयरीङ कमिटिका संयोजक विमल रिजालले बताउनुभयो ।
यो महोत्सव यस अघिका भन्दा भिन्नै हुने पनि उहाँले बताउनुभयो । महोत्सवमा स्वास्थ्य क्षेत्र, खेलकुद क्षेत्र, योगा, तथा पर्यटनलाइ विशेष स्थान दिइएको छ । मिनिम्याराथुनदेखि हेलिकोप्टरबाट समेत पर्यटकीय गन्तव्यको अवलोकनको व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६ मंगलबार ००:००  ४ : ३६ बजे