काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले आगामी १४ फागुनमा हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आंगिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिए ।
त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले आगामी १४ फागुनमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । क्याम्पसले नै निर्वाचनका लागि निर्वाचन कमिटी बनाउने गर्दछ ।
उनका अनुसार त्रिविले माघको पहिलो हप्ताभित्र सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । त्रिविका ६२ आंगिक र सम्बन्धन प्राप्त करिब १ हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।
विगत १० वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन वि।सं। २०६५ यता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन ।
विद्यार्थी संगठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा भएको स्ववियु निर्वाचन २ सय ५० मात्र क्याम्पसमा भएको थियो ।
निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी, अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणालीमा हुनेछ । रासस
२९ पुस २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया