९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पुरानो संसद भवन भत्काउन निर्देशन



काठमाडौं ।
व्यवस्थापिका संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद भवन भत्काउन निर्देशन दिएको छ ।मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि समितिले पुरानो संसद् भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिएको हो ।

भूकम्पका कारण क्षतिग्रस्त सो भवन भत्काउने कि नभत्काउने भन्ने विषयमा प्राधिकरण, मन्त्रालय र पूरातत्त्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ ।
समितिकी सभापति कल्याणी खड्काले यो भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताएकी छन् ।
पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालय भवन भत्काएर नयाँ बनाउनुपर्ने पक्षमा देखिए पनि पूरातत्त्व विभागले नभत्काई अहिलेकै स्वरुपमा प्रवलीकरण गर्नुपर्ने बताएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७६ मंगलबार ००:००  २ : ५९ बजे