मायादेवी अनलाइन, कृष्णनगर ।
टेण्डर परेर काम गर्ने बेला ठेकेदारले काम नगर्ने भनेपछि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह सडक विभाग पुग्नुभएको छ । कृष्णनगर बजार क्षेत्र भित्रको सडक फराकिलो बनाउनका लागि यस अघि नै टेण्डर परेको थियो । तर, ठेकेदारले पछिल्लो समय यो सडक नबनाउने बताएको थियो ।
सडक निर्माण पश्चात कृष्णनगर बजारको मुहान फेरिने आशा गरेका बजारबासी ठेकेदारले काम नगर्ने भनेपछि निरास बनेका थिए । नगरबासी निरास बनेपछि नगर प्रमुख शाह लगायतको एक टोली सडक विभागमा पुगेर ध्यानाकर्षण गराएको छ ।
टोलीले ध्यानाकर्षण पश्चात सडक निर्माण अवश्य हुने सडक विभागले आश्वासन दिएको नगर प्रमुख शाहले मायादेवी अनलाइनलाई बताउनुभयो । कृष्णनगर–चन्द्रौटा सडक फोरलेन बनाउने काम गरिरहेको कालिका कन्स्ट्रक्सनले नै बजार क्षेत्रभित्रको सडक बनाउने सडक विभागबाट प्रतिवद्धता आएको उहाँले बताउनुभयो । कालिका कन्स्ट्रक्सनले नै यो सडकको ठेक्का पाएको उहाँको भनाई छ । अब बजार भित्रको सडक बन्ने पक्का भएकोले नगरबासीलाई ढुक्क रहन उहाँले आग्रह गर्नुभएको छ ।
औद्योगिक क्षेत्रको रुपमा तीव्र विकास भैरहेको कृष्णनगर–चन्द्रौटा सडकखण्डमा भारतीय कम्पनी दिनेश चन्द्र एवं कालिका कन्स्ट्रक्सनले फोर लेनको सडक बनाइरहेका छन । यो संगै कृष्णनगर बजार भित्रको सडकलाई दुई लेन बनाउने यी निर्माण कम्पनिले ठेक्का पाएका छन । तोकिएको समयमा सडकको काम सम्पन्न भए कृष्णनगरको मुहार फेरिनेमा धेरैले विश्वास गरेका छन ।
२९ पुस २०७६ मंगलबार ००:००
4
Shares
प्रतिक्रिया