मायादेवी अनलाइन, बुद्धभूमि ।
बढ्दो ठण्डीले जनजीवन प्रभावित बनाइरहेका बेला बुद्धभूमि नगरपालिका क्षेत्रभित्रका ८० जना अपाङ्गता भएका व्यक्तिले न्यायो कम्मल पाएका छन । सोमबार एक कार्यक्रमको आयोजना गरी बुद्धभूमि क्षेत्र भित्र रहेका ८० जना अपाङ्गता भएका व्यक्तिलाई न्यानो कम्मल वितरण गरिएको हो ।
विभिन्न गैरसरकारी संस्थाको सहयोगमा प्राप्त कम्मललाई नगर प्रमुख केशव कुमार श्रेष्ठले वितरण गर्नुभएको थियो । वडा नं. ९ भित्रका अपाङ्गता भएका व्यक्तिलाई कम्मल दिदै उहाँले नगरपालिकाले पनि बुद्धबृद्धाको लागि कम्मल वितरण गरेको जानकारी दिनुभयो । अत्याधिक चिसो बढेको भन्दै उहाँले आफ्नो स्वास्थ्यको ख्याल गर्न नगरबासीलाई आग्रह गर्नुभयो ।
अपाङ्ग लक्षित नगर संजालको अयोजना र विभिन्न दातृ निकायको सहयोगमा भएको कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष बेचन प्रसाद यादव फिउचर अफ होपका कार्यक्रम कोडिनेटर कवि थापा, होपका उपाध्यक्ष सूर्य गिरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन अनिल अधिकारीले गर्नुभएको थियो ।
२९ पुस २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया