७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

कपिलवस्तुमा सुरु भयो ‘एसईई आइडल सिजन वान’



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुमा पहिलोपटक एसईई आइडल सिजन वान सुरु भएको छ । माउण्ट एभरेष्ट एजुकेशनल जोन, मेज कन्सल्टेन्सी प्राइभेट लिमिटेडको आयोजनामा सोमबारबाट आइडलको सुरु भएको हो । बाल मावि वैरियामा भएको पहिलो चरणमा जिल्ला भित्र र बाहिरका २० भन्दा बढी सामुदायिक र नििज विद्यालयबाट १ सय बढी विद्यार्थीले सहभागिता जनाएका छन् ।

आउँदै गरेको २०७६ सालको माध्यमिक शिक्षा परीक्षालाई सघाउने गरी तयार पारिएका प्रश्नको ढाँचामा विद्यार्थीले परीक्षा दिएका छन् । जेहेन्दार र मिहिनेती विद्यार्थी पहिचान गरी उनीहरुलाई छात्रवृत्ति दिनको लागि आइडलको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष माधव बञ्जाडेले बताउनु भयो ।

आइडलमा आउँदै गरेको एसईईमा सम्मिलित तयारीमा रहेका परीक्षार्थीले मात्र भाग लिएका छन् । उहाँका अनुसार आइडलको लागि एसइइमा सोधिने प्रश्नहरुकै ढाँचामा वस्तुगत र विषयगत परीक्षा भइरहेको छ । पहिलो चरण आज वस्तुगत प्रश्नहरु सोधिएको छ भने दोश्रो चरणमा विषयगत परीक्षा हुने बताइएको छ । पहिलो चरणमा छनौट भएकाहरु दोश्रो चरणमा प्रवेश गर्ने छन् ।

दोश्रो चरणको परीक्षाबाटै आइडल घोषणा हुने छ । फाइनल चरणको परीक्षा माघ ३ र ४ गते प्रालीको कार्यालयमा हुने छ । पहिलो चरणमा विद्यार्थीले प्राप्त गरेको अंकको आधारमा हरेक विद्यालयबाट ६० प्रतिशत फाइनल अर्थात् दोश्रो चरणमा प्रवेश गर्नेछन् । दोश्रो चरणको परीक्षा माघ ३ र ४ गते प्रालीको कार्यालयमा हुने छ ।

आइडलको विजेताले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिसंगै नगद ७ हजार, शिल्ड मेडल र प्रमाणपत्र पाउने छ भने दोश्रो हुनेले कक्षा ११ मा पूर्ण छात्रवृत्ति पाउने छ । यस्तै तेश्रो र चौथो हुनेले पनि आंशिक छात्रवृत्तिसंगै अन्य पुरस्कार पनि पाउने न्यौपानेले बताउनु भयो । आइडलको घोषणा माघ १६ गते सरस्वति पुजाको दिन मायादेवी रिसोर्टमा हुने छ ।

माउण्ट एभरेष्टले विगत लामो समयदेखि लोक सेवा, शिक्षक सेवा, ब्रिज कोर्ष, प्रवेश परीक्षाको तयारी तथा बिभिन्न भाषाका कक्षाहरु संचालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७६ सोमबार ००:००  ६ : १८ बजे