मायादेवी अनलाइन, कपिलवस्तु ।
बुद्धभूमि नगरपालिकामा सोमबार चुनढुङ्गा बोकेको टिप्पर पल्टेको छ । गोरुसिङ्गेस्थित बडेरा पूलको पारिपट्टी ना ८ ख ४८८४ नम्बरको टिप्पर पल्टेको हो । अर्घाखाँचीबाट चुन ढुङ्गा लिएर चन्द्रौटातर्फ जाँदै गरेको टिप्परलाई समान दिशाबाट गइरहेको ट्रकले ओभर टेक गर्ने क्रममा ठक्कर दिँदा असन्तुलित भई पल्टेको टिप्पर चालक अमृत बुढाथोकीले मायादेवी अनलाइनसंग बताउनुभयो ।
उहाँले भन्नुभयो– “म विस्तारै टिप्पर चलाइरहेको थिएँ, पछाडीबाट एक्कासी ट्रकले ढालामा ठक्कर दियो । त्यसपछि असन्तुलित भएर टिप्पर पल्टियो । म हाम फालेर बाँचे ।” २६ बर्षीय चालक बुढाथोकिले आफू तीव्र गतिमा भएको भए जे पनि हुन सक्ने अवस्था भएको बताउदै भाग्ले बाँचेको बताउनुभयो ।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पल्टिएको टिप्परलाई क्रेन र स्थानीयले सोमबार दिउँसो नै उठाएको छ । सडकको छेउमै टिप्पर पल्टिएकाले उठाउने क्रममा केही समय पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।
प्रतिक्रिया