जनकपुरधाम ।
अवैध उत्खनन रोक्न गएका क्रममा हत्या गरिएको युवाको परिवारलाई प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ ।
शुक्रवार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलिप कुमार महतो भन्ने ओमप्रकाशलाई पहिला लिभरले कोँखामा हानेर घाइते बनाइ टिपरले किचेका थिए ।
प्रदेश २ का सोमवार बसेको मन्त्रीपरिषदको बैठकले दिलिपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेशका मुख्यन्यायाधीवक्ता दिपेन्द्र झाले जानकारी दिए ।
२८ पुस २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया