मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगाा नगरपालिकामा प्रथम माघी (खिचडी) महोत्सव हुने भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर १० सोनपुरमा आज सोमबारबाट प्रथम खिचडी महोत्सव सञ्चालन हुने भएको हो । पौष २८ र २९ गते खिचडी महोत्सव हुने आयोजकले जनाएको छ ।
थारुहरुको प्रमुख चाड माघीको अवसरमा सोनपुर गाउ समिती र उदय युवा क्लवको आयोजनामा हुने प्रथम माघी (खिचडी) महोत्सवमा उपस्थित हुन अध्यक्ष विरेन्द्र थारुले सम्पूर्णमा आग्रह गर्नुभएको छ ।
गाउँ तथा युवाहरुको पहलमा पहिलो पटक हुन लागेको महोत्सवमा आएर कार्यक्रम सफल पारिदन पनि उहाँले आग्रह गर्नुभयो । सोनपुर खेल मैदानमा हुने उक्त महोत्सवमा खिचडी संगै विभिन्न परिकार राखिने आयोजकले जनाएको छ । महोत्सव २ दिन सम्म चल्ने छ ।
२८ पुस २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया