मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार श्रेष्ठसंगै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
गृहले कपिलवस्तु, रौतहट र सोलुखुम्बुका सिडिओ फेरेको हो । अब कपिलवस्तुमा दीर्घनारायण पौडेल नयाँ सिडिओको रुपमा आउने छन । उनी अध्यागमन कार्यालयमा थिए ।
हाल कपिलवस्तुमा कार्यरत सिडिओ श्रेष्ठलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक जिम्मेवारी दिइएको छ । यस्तै रौतहटमा वासुदेव घिमिरे र सोलुखुम्बुमा रमा आचार्यलाई सिडिओका रुपमा पठाइएको छ ।
घिमिरे कारागार व्यवस्थापन विभाग र आचार्य गृह मन्त्रालयमा कार्यरत थिए । रौतहटका कामु सिडिओ किरण थापाको अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सोलुखुम्बुका बेदनिधी खनालको सहायक सिडिओका रुपमा रुपन्देहीमा सरुवा गरिएको छ ।
२७ पुस २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया