९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुसंगै तराईमा व्यापक हुस्सु/कुहिरो



काठमाडौं ।
अहिले कपिलवस्तुसंगै तराई क्षेत्रमा व्यापक हुस्सु÷कुहिरो लागेको छ भने पहाडी भेगमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला पश्चिमदेखि पूर्वसम्मै तराई क्षेत्रमा बाक्लो हुस्सु÷कुहिरो लागेको छ । पूर्वी तराईका हुस्सु÷कुहिरो दिउँसो १÷२ पछि बिस्तारै हट्दै जानेछ भने मध्य र पश्चिम तराईका हुस्सु÷कुहिरो अपराह्नबाट केही पातलो भएर जानेछ तर पूर्ण रूपमा हट्ने सम्भावना नरहेको मौसमविद् बासीले बताइन् ।
जसले गर्दा तराई क्षेत्रमा अहिले चिसो अत्यधिक बढेको छ र त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । ‘यसअघि भएको वर्षाको पानी बाफिलो भएर उड्ने भएकाले तराई क्षेत्रमा हुस्सु÷कुहिरो बढेको हो,’ मौसमविद् बासीले भन्नुभयो ।

प्रकाशित मिति : २७ पुस २०७६ आइतबार ००:००  ८ : १३ बजे