९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु डगरीका सुत्केरी तथा गर्भवती महिलालाई कम्मल वितरण



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ डगरीमा सुत्केरी तथा गर्भवती महिलालाई कम्मल वितरण गरिएको छ । बढ्दो जाडोसंगै वडाका १ सय २० जना गर्भवती तथा सुत्केरी महिलालाई न्यानो कम्मल वितरण गरिएको हो ।

वडा कार्यलयको १ लाख बजेट अन्तरगत कम्मल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले बताउनुभयो  । उहाँले जाडोको समयमा वडाले वितरण गरेको कम्मलले सुत्केरीलाई केही सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

यस्तै वडा अध्यक्ष दिरेप चौधरीले वडा नम्बर ५ पूर्ण खोप वडाको अभियानमा रहेको भन्दै सोही अभियान अन्तरगत कम्मल बाडिएको बताउनुभयो । चिसोले दैनिकी कष्टकर बनेका बेला वडाले न्यानो कपडा वितरण गरेको भन्दै सुत्केरी महिलाहरु खुसी भएका छन् ।

उनीहरुले कम्मलले आफुलाई केहि राहत मिल्ने बताए । वडा सचिव राधेश्याम चौधरी, नगरपालिका स्वास्थ्य शाखा संयोजक उमेश गुप्ता, स्वास्थ्य चौकी ईन्चार्ज राकेश शर्मा लगायतको उपस्थितीमा सो सामग्री वितरण गरिएको हो । सोही अवसरमा खोप तथा जाँचको बारेमा गर्भवती तथा सुत्केरी महिलालाई सचेतना गरिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  ७ : २० बजे