९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगा सिंचाई प्रणाली अन्तरगत जल उपभोक्ता समितिको साधारणसभा सम्पन्न



मायादेवी अनलाइन, तौलिहवा ।
वाणगंगा सिंचाई प्रणाली अन्तरगत जल उपभोक्ता समितिको छैठो साधारण सभा सम्पन्न भएको छ । तौलिहवामा शनिबार सम्पन्न साधारण सभामा बोल्दै गैर सरकारी सस्ंथा महासंघका जिल्ला अध्यक्ष प्रविण कुमार श्रीवास्तवले कृषि क्षेत्रको विकासको लागि खेतको चक्लाबन्दी हुनेपर्ने बताउनुभयो । कृषि तथा सिचाईलाई प्राथामिकतामा राखेर अगाडी बढ्न उहाले सरकारलाई आग्रह गर्नुभएको छ ।
सो अवसरमा वाणगंगा सिचाई डिभिजन कार्यलयका इन्जिनियर खेमराज निरौलाले सिंचाईको लागि ५ वर्षे बृहत्तर सिचाई लागुभएको बताउनुभयो । जगदीशपुरको सफाइको लागि काम अघि बढाएको भन्दै चाडै नै इआइए स्विकृत हुने बताउनुभयो । सिंचाइको लागि सबैको अपनत्व अपरिहार्य रहेको उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै जलस्रोत तथा सिंचाई डिभिजन कार्यलयका प्रमुख नेत्र बोहोराले वाणगंगा सिंचाइको संरक्षण तथा विकासको लागि कृषक पनि अग्रसर हुनपर्नेमा जोड दिनुभयो । समाजसेवी राजु अर्यालले किसानलाई आफ्नो वास्तविक खेत अनुसार पानीपोत बुझाउन आग्रह गर्नुभएको छ ।
साधारण सभामा गत आर्थिक वर्षको प्रगति प्रतिबेदन सचिव विनोद चौधरी र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुनिल शुक्लाले प्रस्तुत गर्नुभएको थियो । वाणगंगा सिचाई अन्तरगत ६ हजार ३ सय ५० जमिन सिंचाई हुने गर्दछ । वाणगंगा सिंचाइ सवै भन्दा ठुलो सिंचाइ आयोजना हो ।

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  ७ : १७ बजे