९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हिमाली सहकारी कोपवाको अध्यक्षमा बाबुराम अर्याल सर्वसम्मत चयन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा ५ कोपवामा रहेको हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा बाबुराम अर्याल चयन भएका छन । सहकारीको शनिबार सम्पन्न १२ औँ साधारण सभा तथा पाचौं अधिवेशनबाट अर्याल सर्वसम्मत चयन भएका हुन । सहकारीको उपाध्यक्षमा भरतराज न्यौपाने, सचिवमा कमल प्रसाद खनाल, कोषाध्यक्षमा लक्ष्मण भुसाल रहेका छन । ९ सदस्यिय समितिको सदस्यहरुमा लक्ष्मी कुमारी पौडेल (पोख्रेल), ओमप्रसाद अधिकारी, देवेन्द्र प्रसाद पोख्रेल, सरिता भण्डारी र रामनारायण प्रसाद चौधरी (थारु) चयन भएका छन ।
यस्तै अधिवेशनले कपिल घिमिरेको संयोजकत्वमा तीन सदस्यिय लेखा समिति पनि चयन गरेको छ । जसको सदस्यमा मधु गौतम (भुसाल) र राम ओली चौधरी रहेका छन ।

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  ६ : ३३ बजे