९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नाम मात्रका ‘झोले सहकारी’लाई कारबाही गर्ने मेयर श्रेष्ठको चेतावनी



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सहकारीबाट नै आर्थिक क्रान्ति सम्भव भएको बताउनुभएको छ । देशमा राजनितिक क्रान्ति सम्पन्न भैसकेकाले अब आर्थिक क्रान्तिको खाँचो सहकारी मार्फत नै सम्भव भएको औल्याउनुभयो ।
नगरभित्रका सहकारीको सहमती, सहकार्य, समानता मूल उद्देश्य रहनुपर्ने भन्दै नाम मात्रका झोले सहकारीलाई आगामी दिनमा कार्रवाही गर्ने चेतावनी दिनुभयो । सहकारीको उद्देश्य अनुरुप चल्न उहाँले सबै सहकारीलाई आग्रह गर्नुभएको छ ।
जय बुद्ध बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड बुद्धभूमि २ गोरुसिंगे कपिलवस्तुको शनिबार भएको नवौं बार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सहकारीको विकास विना समृद्ध नेपालको परिकल्पना सम्भंव नभएको कार्यक्रमका बोल्ने अधिकांश बक्ताले जोड दिएका थिए । छरिएका पूँजीलाई एकिकृत गरी स्थानीय स्तरमा रोजागारीका अवसर सिर्जना गदैं अगाडि बढे मात्र समृद्ध नेपालको सपना साकार हुनेमा बक्ताहरुको जोड थियो ।
झन्डै ८ सय शेयर सदस्य रहेको जयबुद्ध सहकारीको नवौंं साधारण सभाको कुल चालुपुँजी १० करोडको हाराहारीमा छ । संस्थाका अध्यक्ष राजेन्द्र सुवेदीको अध्यक्षता, उपाअध्यक्ष नारायण प्रसाद भुसालको स्वागत, सचिव दधिराम न्यौपानेको सन्चालनमा सम्पन्न कार्यक्रममा बुद्धभूमि नगरपालिकाका बडा नम्वर २ का वडा अध्यक्ष भेषराज खनाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष गुणानिधि भुसाल, उद्योगबाणिज्य संघका अध्यक्ष सुभलाल भुसाल, समाजसेवी विरेन्द्र मिश्र, प्रधानध्यापक राम प्रसाद अर्याल लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाको प्रगती प्रतिवेदन अध्यक्ष राजेन्द्र सुवेदी, कोषाअध्यक्ष बुद्धिराम भुसालले आर्थिक प्रतिवेदन, लेखा संयोजक शाहस शर्माले लेखा सुपरिबेक्षण प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मतले पारित भएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट विद्यार्थी, शिक्षक लगायतलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा स्थानीय कलाकारले गित र नृत्यबाट थप मनोरन्जन समेत दिएको संस्थाकी व्यवस्थापक राधिका अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  ५ : ५२ बजे