७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

दुधाधारी माविको अध्यक्षमा पुनः राम प्रघट कोरी



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर १ स्थित दुधाधारी माध्यमिक विद्यालयको  व्यवस्थापन समितिको अध्यक्षमा पुनः राम प्रघट कोरी सर्वसम्मत निर्वाचित भएका छन ।

गएको सोमबार भएको अभिभावक भेलाले चार जना सदस्यमा महिला तर्फ प्रमिला पौडेल, गीता मिश्रा र पुरुष तर्फ राम प्रघट कोरी, राम जनम यादवलाई सर्वसम्मत गरेको थियो । उक्त निर्वाचित सदस्यहरुबाट कोरी अध्यक्षमा दोस्रो पटक चयन भएका हुन ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले छोटो समयमा गाउँपालिका मै नमुना विद्यालय बन्दै गएको भन्दै प्रशंसा गरे । गाउँपालिका भित्रै उच्च शिक्षा सञ्चालनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । अबको दुई वर्षभित्र राजमार्गसँग जोडिने हरेक बाटोहरु कालोपत्रे गर्ने लक्ष्य रहेको थापाले सुनाए ।

नवगठित समितिलाई गणेशपुर माविका प्रधानाध्यापक श्याम प्रसाद चौधरी, वडा नं. २ का वडा अध्यक्ष नेपाल थारु, वडा नं. ७ का वडाअध्यक्ष दिनेश कुमार चौधरी, बुद्धिजिवी डा. जहिरुल हशन खाँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वडा नम्बर १ का वडा अध्यक्ष ईन्नर थारुको अध्यक्षता, शिक्षक पूर्ण बहादुर परियारको सञ्चालन रहेको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखाका कर्मचारी शिवराज सुवेदीले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  २ : २२ बजे