९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तिलौराकोटमा उत्खनन सुरु



मायादेवी अनलाइन, तौलिहवा ।
बुद्धले २९ बर्ष विताएको बुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउने गृहकार्य यो बर्ष पनि सुरु भएको छ । आवश्यक प्रमाण जुटाउन विदेशी विज्ञसहितका पुरातत्वविद्हरु तिलौराकोट आएर उत्खनन कार्यको थालनी गरेका हुन् ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउन ४ वर्ष अघि नै युनेस्कोमा प्रस्ताव गरिएको पुरातत्त्व बिभागले जनाएको छ । युनेस्को र जापनिज फन्ड ईन ट्रस्टको सहयोगमा उत्खननको काम गरिएको हो ।
बेलायतको दुर्हम विश्व विद्यालय, पुरातत्व बिभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले विधिवत् रुपमा उत्खननको कार्य सुरु गरेका हुन । अत्याधुनिक प्रबिधिका उपकरण प्रयोग गरेर पुरातात्विक मूल्य मान्यता अनुसार उत्खनन् थालिएको बताइएको छ ।
बुद्धका पीता राजा शुद्धोधनको राजप्रसाद तिलौराकोटमा टोलीले सरोकारवालाबीच राखेको अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरका अनुसार सो टोलीले तिलौराकोट र आसपासमा यसअघि ६ बर्षसम्म उत्खनन कार्य गरेको थियो । यसपटकको उत्खनन कार्य आगामी २ महिनासम्म चल्नेछ ।
यस बर्ष तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, कन्थक स्तुुपा, शिवगढ र तिलौराकोटको उत्तर तर्फको खाली ठाउँमा उत्खनन गनिरे कँुवरले बताउनुभयो । मध्ये भागको सेन्ट्रल कम्प्लेक्सको पश्चिमी गेटको खोजी गरिने छ । यस्तै शिवगढ र तिलौराकोटको उत्तर बाहिर खाली ठाउँमा रहेको स्थलमा पहिलो पटक उत्खनन गर्न लागिएको हो । वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भुभौतिक सर्वे, फिल्ड बाकिङ सासोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिने कुँवरले बताउनुभयो । विभाग र कोषले सन २०१२ देखि उत्खनन र अनुसन्धानको कार्य थालेको थियो ।

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  २ : ०२ बजे