९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नर्सेने रोगबाट नेपालमा ६६ प्रतिशतको मृत्यु हुने गरेको तथ्य



दिपक खड्का, चन्द्रौटा ।
एक व्यक्तिबाट अर्काे व्यक्तिमा नसर्ने, सुक्ष्म जीवाणु माध्यमबाट नहुने रोग नसर्ने रोग भन्ने गरिएको अन्तरक्रिया कार्यक्रमका प्रशिक्षक डाक्टर विभव बस्यालले सहभागीहरुलाई जनकारी गराएका थिए ।
डा. बस्यालले प्रस्तुत गरेको रिर्पोटका अनुसार नसर्ने रागका कारण वर्षेनी विश्मा करिब ४ करोड १० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा सन् २०१८ भएको कुल मृत्यु मध्ये ६६ प्रतिशत नर्सेने रोगबाट हुने गरेको विश्व स्वास्थ्य संगठनको देश चित्र (डब्लुउचओ कन्ट्री प्रोफाइल) रिर्पोटले देखाएको छ । मृत्यु हुनेमा सबै भन्दा बढि १ करोड ७९ सिभिडिएस, ९० लाख व्यतिmहरु क्यान्सर, ३९ लाख व्यक्तिहरु श्वास प्रश्वास र १६ लाख व्यक्तिहरु मधुमेह लागेर मृत्यु हुने गरेका छन् ।
नेपालमा नर्सेने रोगका मुख्य कारण मध्यपान, धुमपान, अस्वस्थ्यकर खानपान, विलासी जीवन, मोटोपन, जाड रक्सी सेवन र वायु प्रदूषणले हुने गरेको डाक्टर बस्यालले जानकारी दिएका थिए ।
विश्व स्वास्थ्य संगठनको ६५ औ महासभामा सदस्य राष्ट्रले नसर्ने रोगका कारण हुने मृत्यु दरलाई सन् २०२५ सम्म २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । नसर्ने रोगबाट मृत्यु दर कम गर्न नेपाल सरकारले राष्ट्रिय स्वास्थ्य नीति २०७१, राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०५३ र राष्ट्रिय मुख्य स्वास्थ्य नीति २०७१ बनाई रोकथाम तथा नियन्त्रणको प्रयास गरेको छ ।
अभिमुखीकरण कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले शिवराज नगरालिकाका जनतालाई कसरी स्वास्थ्य र निरोगी बनाउन सकिन्छ भन्नेबारे नगरपालिका चिन्तित रहेको बताउनुभयो । स्वास्थ्य सम्बन्धि जनचेतना दिनु पर्ने विषयमा सबैले आ–आफनो तर्फबाट भूमिका निभाउनु पर्ने बताए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख शंकर बहादुर विष्टले समाजमा मोटो व्यक्ति मात्र रोगी हो भन्ने सोच भएकोले आफनो खानपानमा ध्यान नदिने व्यक्तिहरु रोगको जोखिममा बढि हुने गरेको बताए ।
नसर्ने रोगको रोकथाम स्वयम व्यक्तिले विभिन्न पक्षमा ध्यान दिन सके अल्प आयुमा मृत्यु दर घटाउन सकिने सरोकारवालाहरुको जोड थियो ।
व्यक्तिले आफनो आनीबानीमा सुधार गरी सुर्ति तथा सुर्तिजन्य पदार्थ, मदिरा सेवन, बढि नुनिलो, गुलियो र चिल्लो नखाई बढि हरियो सागपात फलफुल सेवन र व्यायाम गर्न सके रोगबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  १ : ३६ बजे